ताजा समाचार

नामिबियासँग नेपालको दोस्रो हार

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्धको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । कमजोर ब्याटिङका कारण आज पनि नेपाल नामिबियासँग दुई विकेटले पराजित हुन पुग्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३७ दशमलब एक ओभरमा १ सय ६८ रन बनाएर अलआउट भएको थियो । १ सय ६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रेको नामिबियाले ‍‍३९ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य भेट्यो ।

नेपालका लागि कुलश भुर्तेलले तीन तथा कुशल मल्ल, ललित राजवंशी, रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए । नामिबियाका एक खेलाडी रनआउट भए ।

यसअघि पहिलो इनिङमा नेपालका लागि आशिफ शेखले सर्वाधिक ५८ रनको योगदान दिए । त्यस्तै कुशल मल्लले ३८, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ तथा करण केसीले १२ रन बनाए ।

कप्तान पौडेल, अनिल साह र देव खनालले खाता खोल्न सकेनन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका बर्नार्ड स्कोल्ज र निकोल लोफ्टि(इटनले समान चार–चार विकेट लिए । नामिवियाका ज्याक ब्रेसल र जेराल्ड एरास्मसले समान एक–एक विकेट लिए ।

सिरिजको पहिलो खेलमा पनि नेपाल, नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org