ताजा समाचार

हिन्दु राष्ट्रको पक्षमा कांग्रेसका ३९ केन्द्रीय सदस्यको हस्ताक्षर

काठमाडाैँ । नेपाली कांग्रेसका ३९ जना केन्द्रीय सदस्यहरूले नेपाललाई सनातन हिन्दु राष्ट्र बनाउनुपर्ने पक्षमा हस्ताक्षर गरेका छन् ।

कांग्रेसको जारी महासमिति बैठक सञ्चालन भइरहेको मूल गेटअगाडि सनातन हिन्दुराष्ट्र नेपाल स्थापना महाअभियानको हस्ताक्षर बुथ राखिएको थियो ।

उक्त बुथमा पुगेर ३९ जना केन्द्रीय सदस्यहरूले हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको महाअभियानका सचिव दिवस ढुंगेलले जानकारी दिए ।

त्यसरी हस्ताक्षर गर्नेमा कांग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइला पनि हुन् । उक्त बुथमा पुगेर १ हजार २७ जना महासमिचि सदस्यले पनि हिन्दु राष्ट्रको पक्षमा हस्ताक्षर गरेको सचिव ढुंगेलले जानकारी दिए ।

कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी नेतृत्वको महाअभियानले हस्ताक्षर अभियान चलाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org