ताजा समाचार

एमाले केन्द्रीय कमिटी बैठक: समूहगत छलफलको निष्कर्ष पेस गरिने

काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटी बैठक बिहीबार पनि बस्दैछ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा जारी बैठकमा प्रस्तुत अवधारणा र कार्य योजनामाथि आज टोली प्रमुखले आ-आफ्नो राय दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

जारी बैठकमा प्रस्तुत अवधारणामाथि छलफल गरी निचोडमा पुर्‍याउनका लागि एमालले सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी ९ वटा समूह विभाजन गरी सामूहिक छलफल गरिरहेको छ ।

बैठकमा पार्टीको शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक विषयमा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बुधबार कार्ययोजना प्रस्तुत गरेका थिए ।

उक्त कार्ययोजनामा ९ समूहमा विभाजन गरी छलफल गरिएको थियो । सोही समूहले आज प्रतिवेदनको निष्कर्ष सुनाएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिए बैठक आज सकिने पार्टी सचिवालयले जनाको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org