ताजा समाचार

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ । यसअघि हिजो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको छ ।

राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा हिजो छलफल भएको पार्टीका कार्यकारिणी सदस्य प्रकाश अधिकारीले जानकारी दिए ।

उनले भने, “आजको बैठकमा पार्टीको महाधिवेशन तयारीका लागि मस्यौदा समिति बनाउने, व्यवस्थापनलगायत मुलुकको समसामयिक परिस्थितिबारे छलफल भएको छ । आज पुनः बैठक बसेर औपचारिक निर्णय गर्नेछौँ ।” जसपाको राष्ट्रिय महाधिवेशन आगामी जेठ २८, २९ र ३० गते आह्वान गरिएको सो पार्टीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org