ताजा समाचार

चितवनकी शालिनको बलात्कार नभएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं । शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा मृत फेला परेकी शालिन पोखरेलको बलतकार नभएको अनुसन्धानबाट पुष्टि भएको छ ।

काठमाडौंको टिचिङ अस्पतालमा शवको पोष्टमार्टम र शरीरको फरेन्सिक जाँच परीक्षण गर्दा १४ वर्षिय पोखरेलको बलात्कार नभएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन् । गत शनिबार चितवनको रत्ननगर नगरपालिका–१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्दै आएकी पोखरेल छात्राबासमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन् । आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो ।

चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि पक्राउ परेका सबैजनालाई सात दिन हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । शालिन रत्ननगर–१० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org