४ सदस्यीय मन्त्रिमण्डल पुनर्गठन गर्दै प्रधानमन्त्री प्रचण्ड, को–को बन्दैछन् मन्त्री?
काठमाडाैँ । प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले आजै नयाँ मन्त्रिमण्डल पुनर्गठन गर्ने भएका छन्।
नेपाली कांग्रेससहितको गठबन्धन तोडेर एमालेसँगकाे नयाँ गठबन्धनसहित प्रधानमन्त्रीले सानो आकारको मन्त्रिमण्डल पुनर्गठन गर्न लागेका हुन्।
स्रोतका अनुसार सोमबार ४ सदस्यीय मन्त्रिमण्डल गठन हुँदैछ। त्यसपछि बाँकी मन्त्री दलहरूबीच भागबन्डाका आधारमा हुने स्रोतले बताएको छ। जस अनुसार एमालेले पदम गिरीलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी गरेको छ।
सोमबार बिहान बालकोटमा बसेकाे सचिवालय बैठकले सरकारमा सहभागी हुने र गिरीलाई मन्त्री बनाएर पठाउने निर्णय गरेकाे हाे। सचिवालय बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगिसकेका छन्।
उनी उपाध्यक्ष विष्णु पौडेललाई समेत लिएर बालुवाटार पुगेका हुन्। त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन मन्त्री बन्दैछन्। यद्यपि अहिलेसम्म मन्त्रालय टुंगो लागिसकेको छैन।
उता, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि सरकारमा सहभागी हुने भएको छ। रास्वपाले रवि लामिछानेलाई मन्त्री बनाएर आजै सरकारमा पठाउने तयारी छ। जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा पठाउने भएको छ।
उसले तीनवटा मन्त्रालय दाबी गरेको छ। यद्यपि गठबन्धनमा त्यसबारे छलफल भइरहेको जसपा सांसद प्रदीप यादवले बताए।
Comments
अरु समाचार
-
अख्तियार ऐन संशोधन विधेयक चाँडै संसदमा लैजाने तयारी
काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन,२०४८ लाई संशोधन गर्न बनेको विधेयक चाँडै संसदमा लैजाने...
-
चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली नियुक्त
काठमाडौं । प्रा. डा. कृष्णप्रसाद ओली चीनका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपचि रामचन्द्र पौडेलले संविधानको धारा...
-
रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो
काठमाडौं । सहकारी ठगी आरोपमा हिरासतमा रहेका पुर्व उपप्रधानमन्त्री तथा रास्वपा सभापती रवि लामिछानेलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्न म्याद...
-
कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगायो
काठमाडौं । आगामी मङ्सिर–१६ गते हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेसले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उम्मेदवारको टुङ्गो लगाएको छ...
-
राष्ट्रपति पौडेल आज अजरबैजान जाँदै
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)...
-
पदावधि नसकिँदै राजिनामा दिने पूर्व मुख्यसचिव अर्यालको तयारी
काठमाडौं । अन्तःशुल्क स्टिकर छपाइ भ्रष्टाचार मुद्दामा सफाई पाएका पूर्व मुख्यसचिव बैकुण्ठ अर्यालले राजीनामा दिने भएका छन् । उनले गत...
-
धार्मिक दृष्टिकोणले मधेशको संस्कार, संस्कृति र परम्परा उच्च रहेको छ: महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले धार्मिक दृष्टिकोणले मधेशको संस्कार संस्कृति, परम्परा उच्च रहेको बताएका छन् । तराई मधेशमा...
-
सरकारको कामलाई प्रभावकारी बनाउन संयन्त्र बनाइएको हो: डा.महत
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सरकारको कामलाई प्रभावकारी बनाउनका लागि सत्तासाझेदार दलहरुबीचको संयन्त्र बनाइएको बताएका छन् । चितवनमा...
-
एमाले सचिवालय बैठक भोलि बस्दै
काठमाडौं । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिष्ट (एमाले)को सचिवालय बैठक भोलि...