ताजा समाचार

गठबन्धन टुट्नुमा पार्टीका नेताहरुको व्यक्तिगत हठ जिम्मेवार : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गठबन्धन टुट्नुमा पार्टीका नेताहरुको व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार रहेको टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले ‘यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए किरु भविष्यको लागि सजग बनौं’ लेखेका छन् ।

राजनीतिमा गठबन्धन वन्नु,तोडिनु र फेरि बन्नु सामान्य भएको नेता कोइरालाको भनाइ छ । उनी पुनः थप्छन्,’ तर हिजोको घटना सामान्य होईन।’

नेता कोइरालाले कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भएको जनाएका छन् ।

नेता कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै :

‘राजनीतिमा गठबन्धन वन्नु, तोडिनु र फेरि बन्नु सामान्य हो तर हिजोको घटना सामान्य होईन। कमजोर, अस्थिर र सत्ताको लागि जे पनि गर्न तयार पार्टीसँगको गठबन्धन आज नेपाली कांग्रेसलाई महङ्गो सावित भयो। यस घटनामा कतै हाम्रा व्यक्तिगत हठ पनि केही हदसम्म जिम्मेवार भए किरु भविष्यको लागि सजग बनौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org