ताजा समाचार

अध्यक्षबाहेक एमाले संखुवासभाकाे अन्य पदाधिकारीका लागि मतदान जारी

काठमाडाैँ । नेकपा एमाले संखुवासभा जिल्ला कमिटीको अध्यक्षबाहेक अन्य पदका लागि मतदान जारी छ ।

जिल्ला कमिटीको नवौं अधिवेशनबाट अध्यक्षमा खड्ग बहादुर राई सर्वसम्मत चयन भए पनि अन्य पदमा सहमति नजुट्दा मतदान पक्रिया अवलम्बन गरिएकाे हाे । निवर्तमान अध्यक्ष जितबहादुर घिमिरेले पहिलाे भाेट हालेर मतदानकाे सुरूवात गरेका थिए ।

उपाध्यक्ष पदमा ध्यानसिंह राई,शान्तिकुमार दाहाल,सुमन श्रेष्ठ, यादव अधिकारी र वाङ्दावी भाेटेकाे उम्मेद्वारी परेकाे छ।   सचिवमा नारायण कटुवाल,गाेपाल श्रेष्ठ र भरत खड्काले उम्मेद्वारी दिएका छन्  ।

त्यस्तै उपसचिवमा ललितबहादुर कटुवाल,लेखनाथ बुढाथाेकी,सुनिता कटुवाल,मनमायाँ तामाङ,डम्मरकुमारी भट्टराइ,हेमकुमारी चाैहान र अम्बिका खवासबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

नेकपा एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठ, स्थायी कमिटी सदस्य शेरधन राई, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, केन्द्रीय सदस्य जीवन घिमिरे, तुलसी न्यौपानेलगायतका नेता अधिवेशनमा पुगेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org