ताजा समाचार

अपडेट: त्रिशूलीमा रात्रि बस खस्दा मृत्यु हुनेको संख्या ५ पुग्यो, ३७ को उद्धार, केही अझै बेपत्ता

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा ४ जनाको मृत्यु भएको छ । बुधबार बिहान कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस गजुरी गाउँपालिका वडा नम्बर ५, घाटबेसीमा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकृत डीएसपी सन्तुलाल जयसवालले बताए ।

दुर्घटनापछि बसमा फसेका ३७ जनाको उद्धार गरी उपचारका लागि पठाइएको डीएसपी जयसवालले बताए । उनले भने, ‘अझै पनि उद्धार कार्य जारी छ । केही यात्रु हराइरहेका समेत छन् ।’

जिल्ला प्रहरी कार्यालयबाट एसपीको नेतृत्वको टोली र सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आमदघाटबाटको टोली उद्धारमा खटिएको छ । बस अनियन्त्रित भएर नदीमा खसेको अनुमान प्रहरीको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org