ताजा समाचार

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय,कसले कुन मन्त्रीको शपथ लिँदैछन् (सूचीसहित)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।

सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् ।

यसअघि उनको मन्त्रिपरिषद्मा तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएका थिए ।

बुधबार थप १४ जना मन्त्रीहरूले शपथ लिने भएका हुन् । प्रधानमन्त्री प्रचण्डले नयाँमन्त्री र पुरानामन्त्रीको कार्यविभाजनसहितको पत्र राष्ट्रपति भवन पठाइसकेका छन् ।

सत्ता गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपाले आआफ्नो पार्टीको भागमा परेका मन्त्रालयमा मन्त्रीहरूको नाम प्रधानमन्त्रीलाई बुझाएका थिए । सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति भवनमा मन्त्रीहरूको सिफारिस पठाएका हुन् । अब राष्ट्रपतिले बुधबारै उनीहरूलाई शपथ गराउँद ैछन् ।

एमाले

रघुवीर महासेठ-उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार

पदम गिरी-कानुन न्याय तथा संसदीय मामिला

हरि उप्रेती -रक्षा

भगवती चौधरी- महिला बालबालिका

राजेन्द्र राई- खानेपानी

दामोदर भण्डारी-उद्योग

ज्वालाकुमारी साह-कृषि

बलराम अधिकारी-भूमि व्यवस्था

माओवादी

नरायणकाजी श्रेष्ठ-उपप्रधानमन्त्री तथा परराष्ट्र

वर्षमान पुन- अर्थ

शक्ति बस्नेत-ऊर्जा

रेखा शर्मा-सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय

हितबहादुर तामाङ-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय

रास्वपा

रवि लामिछाने-उपप्रधानमन्त्री तथा गृह

डीपी अर्याल-श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

विराजभक्त श्रेष्ठ-युवा तथा खेलकुद मन्त्रालय

सुमना श्रेष्ठ-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org