ताजा समाचार

किरात याक्थुङ चुम्लुङले आयोजना गरेको कार्यक्रममा सुहाङ नेम्वाङले सहभागिता जनाए (तस्बिरहरु)

इलाम । इलाममा आयोजना भएको आदिवासी लिम्बू/याक्थुङ सांस्कृतिक महोत्वस -२०८० तथा २५ औं राष्ट्रिय चुम्लुङ कार्यक्रममा सुहाङ नेम्वाङले सक्रियता देखाएका छन् ।

यही फागुन २४ र २५ गते भएको कार्यक्रममा आफू सहभागी भएको उनले जनाएका हुन् । सुहाङले सो कार्यक्रममा सहभागिता जनाएको सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

सुवाङ नेम्वाङले फेसबुकमा लेखेको स्टाटस जस्ताको तस्तै :

‘किरात याक्थुङ चुम्लुङद्वारा आयोजित आदिवासी लिम्बू/याक्थुङ सांस्कृतिक महोत्वस – २०८० तथा २५ औं राष्ट्रिय चुम्लुङ (२४–२५ फागुन) मा सहभागी हुँदै । इलाममा पाल्नु भएका सबै अतिथिज्यूहरुलाई हार्दिक स्वागत छ । सेवारो !’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org