ताजा समाचार

इलाममा घण्टी चिन्ह रास्वपाको जमानत जफत

विराटनगर । प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनअन्तर्गत इलाम २ को मतगणना सकिएको छ । १९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ नेम्वाङ विजयी बने ।

जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र ल्याए ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।

१९ जना उम्मेदवार रहेको यस क्षेत्रमा एमालेका सुहाङ विजयी बनेका हुन् ।  जित्ने दाबी गरिएका उम्मेदवार रास्वपाका मिलन लिम्बूले भने जमानत जोगाउन सकेनन् । उनले ५ हजार ५० भोटमात्र ल्याए ।

प्रतिनिधि सभा सदस्य ऐनअनुसार जम्मा सदर मतको १० प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी जफत हुने कानूनी व्यवस्था छ ।

कूल ६९ हजार ३७४ भोट गणना हुँदा यस क्षेत्रमा ६८ हजार ४७२ भोट सदर भएको छ । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org