इलाममा जिततर्फ लम्किँदै सुहाङ
विराटनगर । इलाम क्षेत्र नम्बर २ मा भएको निर्वाचनको अब देउमाई नगरपालिकाको वडा नम्बर ९ इलाम नगरपालिका क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ । इलाम नगरपालिकाको १२ वटा वडाको मत गन्न बाँकी रहँदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भए जसरी नै मत गणना भइरहेको स्थानमा एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरूले नाचगान गर्न थालेका छन् ।
यस्तै इलामको मतगणना भइरहेको सिटी हल क्षेत्रमा एमालेका नेता कार्यकर्ता र शुभेच्छुकहरू भेला हुन थालेका छन् । मतगणना स्थल अगाडि घुइँचो लागेको छ । हिजोको तुलानामा मतगणना स्थलमा एमाले कार्यकर्ताहरुको भिड बढेको हो ।
देउमाई नगरपालिकाको एउटा वडा र इलाम नगरपालिकाको ११ वटाको मत गणना बाँकी छ । मुख्य निर्वाचन कार्यालयका अनुसार २२ हजार ४१८ मत गन्न बाँकी छ । यहि गतिमा मतगणना हुने हो भने अन्तिम नतिजा कुर्न भने भोली बिहान सम्म पर्खनु पर्ने छ । अहिले गणकहरुको ३ वटा टोली छुट्याएर मतगणना भइरहेको छ ।
यो समाचार तयार पार्दासम्म २२ हजार ४१९ मत गन्न बाँकी हुँदा एमालेका उम्मेदवार सुहांग नेम्बांग ६४१९ मतले अगाडि छन् । अहिले इलाम नगरपालिका वडा नम्बर १ र २ नम्बर वडाको मत गणना सुरु भएको छ । इलाम क्षेत्र नम्बर २ अन्तरगत प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको मा ४६५७९ मत गणना भएको छ । गणना भएको मध्ये ६१६ मत बदर भएको छ ।
काँग्रेसले भने १२,६७५ मत पाएको छ । काँग्रेसलाई पहिचान पक्षधरका साझा उम्मेदवार डकेन्द्र सिंह थेगिमले पछ्याउँदै छन् । थेगिमले ९,४१० मत पाएका छन् । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले भने ३,२४२ मत पाएका छन् ।
इलाम नगरपालिकामा ३२ हजार ४४ मतदाता रहेकोमा २० हजार ६५ मत खसेको छ । २० हजार मत गन्न बाँकी रहँदाको अवस्थामा एमाले नेता तथा कार्यकर्ताहरू आफ्ना उम्मेदवारको जित निश्चित जस्तै भएको बताउन थालका छन् ।
स्थानीय तहको निर्वाचनमा इलाम नगरपालिकामा मेयर उप मेयर नै नेपाली काँग्रेसले जितेको छ । यस्तै ११ वटा वडा मध्ये ३ वटा वडा मात्रै एमालेले जितेको छ । एमालेले इलाम नगरपालिकाको वडा नम्बर २,३,र ११ नम्बर वडामा वडाध्यक्ष जितेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।
कांग्रेसले भने निर्वाचन भएको वडा मध्ये ८ वटा वडाको वडाध्यक्षमा विजय हासिल गरेको छ । काँग्रेसले इलाम नगरपालिकाको १,४,५,६,७,८,९,१२ मा वडाध्यक्ष जितेको थियो स्थानीय तहको निर्वाचनमा इलाममा प्रमुखमा झन्डै ३ हजार मतको अन्तर थियो ।
यही अन्तरलाई हेर्ने हो भने पनि एमालेको जित निश्चित जस्तै भएको एमाले इलामका पूर्व अध्यक्ष तथा एमाले वैकल्पिक केन्द्रीय सदस्य राम राना मगरले बताए । उनले भने हिजै मिसन कम्पिलिट जस्तै भएको थियो । आज दिनभरि आएको मतको परिणामले एमालेका उम्मेदवार सहांग नेम्वांग विजय नजिक पुगेको बताए ।
Comments
अरु समाचार
-
ट्रम्पले संघीय शिक्षा विभाग हटाउने योजना थाले
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी थाल्नुभएको छ । उहाँले शिक्षा विभागलाई हटाउन शुरू...
-
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
काठमाण्डौ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । सिंगापुर नेसनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार...
-
आजको राशिफल : २०८१ चैत ८ गते शुक्रबार
मेष: हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकले साथ दिनेछन्। मिहिनेत गर्दा पछिका लागि फाइदा हुनेछ। तत्काल लाभ...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ । स्ववियु...
-
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री...
-
अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटीको निर्वाचन आज
काठमाडौं । विश्व खेलकुदको शक्तिशाली संस्था मध्येको एक अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटी आइओसीको नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । सन् २०१३...
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूका प्रश्नकाे जवाफ दिने
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
-
रुसले युद्धविरामका शर्तहरू उल्लंघन गरेमा बदला लिने जेलेन्स्कीकाे चेतावनी
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग पनि फोनवार्ता गर्नुभएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग...