ताजा समाचार

जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

उनले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्नेछन् । यस्तै वन तथा वातावरण मन्त्रालयमा नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्रीको रूपमा दीपक कार्कीले नियुक्ति पाउने छन् ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा र नेकपा (एकीकृत समाजवादी) सम्मिलित पाँच राजनीतिक दलको गठबन्धन बनेसँगै अब सरकारले विश्वासको मत पाउने निश्चित भएको छ ।

यसर्थ प्रधानमन्त्री प्रचण्डले यही फागुन ३० गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।  यादवसहित तीन मन्त्रीले आजै शपथ खाने कार्यक्रम रहेको छ । यससँगै मन्त्रिपरिषद् २३ सदस्यीय हुनेछ ।

नयाँ सत्ता समीकरण बनेसँगै प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org