ताजा समाचार

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारी दर्ता आज, दाहाल र शर्मा आमनेसामने हुँदै

काठमाडाैँ । राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवारी दर्ता आज हुँदैछ ।

आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी दर्ता गर्ने समयसीमा तोकिएको छ ।

उम्मेदवारी दर्तापछि आजै उम्मेदवारको नामावली प्रकाशित हुनेछ । राष्ट्रियसभा अध्यक्षको चुनाव भने मंगलबार हुनेछ ।

सत्तारुढ माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ भने नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

दाहाल नाताले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका भाइ पर्छन् । त्यस्तै शर्मा भने बाँकेबाट २०७८ मा राष्ट्रियसभामा निर्वाचित भएका थिए ।

यसअघि सत्ता गठबन्धनले राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवारलाई सघाउने निर्णय गरिसकेको छ । संसदीय गणितलाई हेर्दा पनि राष्ट्रियसभा अध्यक्षमा दाहालको सम्भावना बलियो देखिएको छ ।

उता सुरुमा कांग्रेसबाट राष्ट्रियसभा अध्यक्षमा कृष्ण सिटौला आकांक्षी थिए । तर, गठबन्धनमा फेरबदल आएर संसदीय गणित आफ्नो पक्षमा नदेखिएपछि उनी पछि हटेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org