ताजा समाचार

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक केही समय लागि स्थगित भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी पीडक भएको भन्दै उनको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्न भन्दै कांग्रेसले उभिएर बैठक अवरोध गरेको हो ।

प्रतिनिधि सभाको बैठकमा शुक्रबार गृहमन्त्रीले राजनीतिकदलसम्बन्धि विधेयक पेस गर्ने कार्यसूची पनि थियो । कांग्रेसले बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि छलफल गर्नका लागि तयार रहेको तर विवादित मन्त्रीकोबारेमा प्रधानमन्त्रीले जवाफ नदिइकन अरु विषयमा सदन अघि बढ्न नसक्ने कांग्रेसको अडान छ ।

बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,प्रतिपक्ष उभिएको अवस्थामा संसद् अवरुद्ध हुन्छ । प्रतिपक्ष उभिएको बेला सदन अवरुद्ध मानिन्छ । प्रतिपक्ष उभिएपछि भाषण भूषण हुन शोभनीय मानिदैन ।बजेटसम्बन्धि विषयमा सदन रोक्न चाहन्नौं ।

प्रमुख सचेतक लेखकले कुनै मन्त्री अनुसन्धानको दायरामा छ भने त्यस्तो मन्त्रीलाई पदमा बस्ने हक नहुने मान्यता स्थापित भएको बताए । आजपनि माननीय मन्त्री अनुसन्धानको घेरामा हुनुहुन्छ । प्रधानमन्त्री जवाफ दिने अवस्थामा आउँदै आउनुहुन्न । के प्रतिपक्षलाई सत्ताले वेलमै बोलाएको हो । वेलमै बोलाएको हो भने बाध्य नपारियोस्ु प्रमुख सचेतक लेखकले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org