ताजा समाचार

वसन्तपुरमा तीनखण्डे चिर ठड्याएसँगै फागु सुरु

काठमाडौं । काठमाडौँको वसन्तपुर हनुमानढोकामा विधिवत रुपमा आइतबार बिहान तीनखण्डे चिर ठड्याएसँगै फागु सुरु भएको छ । नेपाल पञ्चांग निर्णायक समितिले निर्धारण गरेको साइत अनुसार फागुन शुक्ल अष्टमी ९आइतबार० को बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको ३२ फिट चिर उठाइएको हो।

हनुमानढोका दरबारको मूलद्धार अगाडि रंगीचंगी कपडाले सिंगारिएको चीर गाडिएपछि देशभर होली पर्व सुरु भएको मानिन्छ ।योसँगै देशभर औपचारिक रुपमा फागु पर्व सुरु भएको छ । चिर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो ।

भगवान कृष्णले गोपिनीहरु नुहाउन गएका बेला कपडा चोरेर रुखमा झुन्ड्याइदिएको पौराणिक कथाको स्मरणमा चीर ठड्याउने परम्परा रहिआएको छ ।यही चैत ११ गते काठमाडौँ उपत्यकालगायत पहाडी भेगमा होली खेलेर फागु पर्व मनाइन्छ भने तराईका विभिन्न जिल्लामा भोलिपल्ट अर्थात १२ गते फागु पर्व मनाइने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org