ताजा समाचार

महरालाई सीआईबी पुर्‍याइयो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको पुर्‍याइएको छ ।

६० किलो सुन तस्करी प्रकरणमा रुपन्देहीबाट परेका महरालाई आजै काठमाडौं ल्याएर अहिले सीआईबी पुर्‍याइएको हो ।

पूर्व सभामुख पूर्व सभामुख समेत रहेका महरालाई यति एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको थियो । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका नेताहरूलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।

sउनले गृह सचिवसहित प्रहरी उच्च अधिकृतलाई पनि अनुसन्धान अघि बढाउन निर्देशन दिएपछि प्रहरीले पक्राउ गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org