ताजा समाचार

बन्दुकसहित सर्वोच्च परिसरबाट प्रसाईँका सुरक्षा गार्ड पक्राउ

काठमाडौं । बन्दुकसहित सर्वोच्च परिसरबाट दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ परेका छन् । सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने खोज्दा उनी पक्राउ परेका हुन् । अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको बुझिएको छ ।

सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद घिमिरेका अनुसार हातहतियारसहित खड्का अदालत प्रवेश गर्न खोजेपछि प्रहरीको जिम्मा लगाइएको हो । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका ३ का दीपक खड्का रहेका छन् । खड्का दुर्गा प्रसाईँको सुरक्षा गार्डका रूपमा काम गर्दै आएका थिए ।
आज सर्वोच्चमा दुर्गा प्रसाईँसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org