ताजा समाचार

आजको राशिफल : २०८० साल चैत ९ गते शुक्रवार

काठमाडौं । २०८० साल चैत ९ गते शुक्रवार। आज ज्योतिष शास्त्रमा चन्द्रमाअनुसार दैनिक फलादेश हुने ज्योतिषविद्ले जनाएका छन् । चन्द्रमाअनुसार उनीहरूको दैनिकीका विषयमा भविष्यवाणी गरिन्छ।

मेष :  खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। झुटा आरोप पनि लाग्न सक्छ। अनावश्यक खर्च बढ्नसक्ने योग छ । राजनीतिक क्षेत्र सफल हुनेछ ।

वृष  : खुट्टा तान्नेहरु सक्रिय होलान् । विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। बौद्धिक क्षेत्रमा स्थान उच्च छ।

मिथुन :दाम्पत्य जीवन संघर्षपूर्ण हुनेछ। योजनामा अवरोध हुनसक्छ । प्रतिवाद गरेर अगाडि बढेमा मात्र सफलता मिल्नेछ।

कर्कट : आर्थिक कारोबार मध्यम हुनेछ । स्वास्थ्यमा ख्याल गर्नुपर्नेछ । लगानी र श्रम अनुसारको परिणाम हुने देखिन्छ ।

सिंह : मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। दिन राम्रो छ। पुरानो रोगबाट मुक्त भइनेछ ।

कन्या : शिक्षामा क्षेत्रका व्यक्तिलाई उन्नति हुने देखिन्छ। सोचेर मात्र बोल्नु राम्रो हुन्छ। पुरानो रोगले छोड्दै जानेछ।

तुला : साथीबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुखमय देखिन्छ। रोगले छोड्नेछ।

वृश्चिक : रोगसँग लड्न खानपानमा विशेष ख्याल गर्नुपर्नेछ । स्वास्थ्यमा सुधारको योग छ ।

धनु :सम्पत्ति आर्जनमा राम्रै दिन छ । शिक्षामा गरेको लगानी उठ्नेछ। सोचेको कामलाई निरन्तरता दिनु राम्रो हुनेछ।

मकर : असफल भए पनि प्रयास निरन्तर गर्नुपर्ने देखिन्छ। आफूले गरेको संघर्षबाट आफन्तले लाभ लिनसक्छन्। कुनै पनि क्षेत्रमा लगानीले फाइदा गर्नेछ।

कुम्भ :  माया–प्रेममा खटपट हुने योग छ । धनसम्पत्ति आर्जन होला । साथीभाइ तथा आफन्तबाट सहयोग हुनेछ ।

मीन : सामान्यतः दिन राम्रै छ । साथीभाइ टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। सोचेर बोल्नुपर्ने देखिन्छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org