ताजा समाचार

मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदैछन् ।

आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेस सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीको विश्वासको मत लिने प्रक्रिया अघि बढाइएको हो ।

योसहित जम्कट्टेलले तेस्रोपटक विश्वासको मत लिन लागेका हुन् ।

बागमतीमा नेकपा एमाले–माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन रहेको छ । जसमा ५५ जना सांसद छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा बहुमतका लागि ५६ सांसद चाहिन्छ ।

मुख्यमन्त्री जम्कट्टेलले केही दिनअघिमात्र हाम्रो नेपाली पार्टी (हानेपा)का संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर विश्वासको मत लिने वातावरण बनाएका छन् । तर, निर्णयविपरीत बज्राचार्य मन्त्री बन्न गएको भन्दै पार्टीले उनलाई कारबाही गर्ने बताएको छ । बागमतीमा हानेपाको २ सांसद छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org