ताजा समाचार

आईपीएलमा मुम्बइ इन्डियन्स सुरुवाती तिन खेलमा पराजित

काठमाडौं । हार्दिक पान्ड्याको कप्तानीमा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्स इन्डियन प्रिमियर लिग ९आईपीएल० २०२४ मा सुरुवाती ३ खेलमा पराजित भएको छ । सोमबार राति मुम्बइ राजस्थान रोयल्ससँग ६ विकेटले पराजित भयो । जारी आईपीएलमा जितविहीन हुनेमा मुम्बइ एक्लो टोली हो ।

जितको लागि १२६ रनको लक्ष्य राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । रियान पराग ३९ बलमा ५ चौका र ३ छक्कासहित ५४ रनमा नट आउट रहे । यशस्वी जैसवाल १०, जस बटलर १४, सन्जु स्यामसन १३ र रविचन्द्रन आश्विन १६ रनमा आउट भए । मुम्बइका क्वेना मफकाले १ र आकाश मधवालले ३ विकेट लिए ।

त्यसअघि घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बइले २० ओभरमा ९ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।मुम्बइका कप्तान हार्दिकले २१ बलमा ६ चौकासहित सर्वाधिक ३४ रन बनाए । तिलक बर्मा २९ बलमा २ छक्कासहित ३२ रन बनाए ।

इशान किशन १६, रोहित शर्मा, डेवाल्ड ब्रेभिस र नमन धिर शून्यमा आउट भए । पीयूष चवाला ३ र टिम डेविड १७ रन बनाए ।राजस्थान रोयल्सका ट्रेन्ट बोल्टले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । युजभेन्द्र चहलले ४ ओभरमा ११ रन खर्चेर ३ विकेट लिए । नाद्रे बर्गर २ र आवेश खानले १ विकेट लिए ।

यस सिजन देखी रोहित शर्मालाई हटाउदै हार्दिकलाई मुम्बईले कप्तानको रुपमा फर्काएको थियो । गुजरात टाइटन्स छाडेर मुम्बइ आएका हार्दिकको भारतीय क्रिकेटमा चर्को आलोचना भएको छ ।आईपीएलमा आज बेंग्लोर र लखनउबिच खेल हुनेछ । राजस्थान ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । कोलकाता २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ । चेन्नाइ ३ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org