ताजा समाचार

एकदिवसीय क्रिकेट : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच आज खेल हुँदै

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ को तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको दोस्रो खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे हुनेछ ।

पहिलो खेलमा अस्ति बुधवार नेपालको ‘ए’ टोली आयरल्यान्ड ‘ए’ सँग २१ रनले पराजित भएको थियो ।

एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ । यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org