ताजा समाचार

एसएमएस फ्रेण्डसिप कपः उपाधिका लागि गुजरातसँग भिड्दै नेपाल

काठमाडाैँ । भारतको गुजरातमा जारी एसएमएस फ्रेण्डसिप कपअन्तर्गत उपाधिका लागि आज नेपाल र गुजरात क्रिकेट एशोसिएशनबीच प्रतिष्पर्धा हुँदै छ ।

खेल आज दिउँसो पौने ३ बजेबाट गुजरातमा सुरु हुनेछ । त्रिकोणात्मक श्रृंखलामा नेपाल र गुजरातसँगै बरोडाले प्रतिष्पर्धा गरेका थिए ।

पहिलो, दोस्रो र तेस्रो खेलमा जित निकालेको नेपाल समूहचरणको चौथो खेलमा बरोडासँग पराजित भएको थियो । त्यस्तै गुजरातले बरोडासँगका दुई खेल जित्दै फाइनलमा स्थान पक्का गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org