ताजा समाचार

एसएमएस फ्रेन्डसिप कप फाइनल : नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने

काठमाडौं । भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ ।

नेपालले पछिल्लो खेलमा बरोडाबाट चार परिवर्तन गरेको छ । नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् । आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि।सी, ललित राजवंशी र अनिल शाह आज बेन्चमा छन् ।

सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको प्लेइङ ११, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, रोहित पौडेल (कप्तान), गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र अभिनाश बोहरा ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org