ताजा समाचार

एसीसी पुरुष प्रिमियर कप क्रिकेटको दोस्रो संस्करण आजदेखि, नेपालले पहिलो खेल मलेसियासँग खेल्ने

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आजदेखि सुरु हुँदै छ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाको सामना गर्नेछ । ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने छ ।

एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।

प्रिमियर कपमा नेपाल समुह ए मा रहेको छ । समुह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् । प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिलमा १५ हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियासँग खेल्ने छ । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराह्न ४: १५ बजेदेखि शुरु हुने छन् ।

समुह चरणका खेलपछि दुवै समुहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुने छ ।नेपाल क्रिकेट संघ ९क्यान० ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल ९कप्तान०, आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, कुशल मल्ल, ललित राजवंशी र विवेक यादव रेहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org