ताजा समाचार

नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ‘ब्रेक थ्रू’

काठमाडौं । नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएको छ । कुल दुई हजार ६८८ मिटर लम्बाइ रहेको बहुप्रतिक्षित उक्त आयोजनाको मुख्य सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ गरिएको आयोजाका सिनियर डिभिजन इन्जिनियर गोविन्द दमरुले जानकारी दिएका हुन् ।

कोरोना महामारी र त्यसपछि स्थानीयको निरन्तर अवरोधका समयमै निर्माण नसकिएका उक्त सुरुङ मार्गमा यातायात सञ्चालन हुन भने अझै एक वर्ष लाग्ने आयोजनाका दमरुले जानकारी दिए।

‘सुरुङमार्गको आज ब्रेक थ्रु भयो। बाँकी काम भनेको सुरुङभित्र लाइनिङ गर्ने, उपकरण जडान र फिनिसिङका कामहरू बाँकी छन्, ती काम सकेर यातायात चलाउन अझै एक वर्ष लाग्छ’, उनले भने। यसअघि २०८० साउन २१ मा आयोजनाको आकस्मिक (रेस्क्यु) सुरुङमार्गको ब्रेक थ्रु भएको थियो।

गत फागुन ६ मा धादिङतर्फका स्थानीयले मुआब्जा, खानेपानीको व्यवस्था र सिँचाइ लगायतका माग राखेर आयोजनामा अवरोध गर्दै आएका थिए । एक महिना लामो अवरोधपछि गत चैत ८ गतेबाट आयोजना निर्माण कार्य पुनः अघि बढेको छ।

सम्झौताअनुसार सुरुङ मार्गको निर्माण अघिल्लो वैशाखमै सम्पन्न हुनुपर्ने थियो । सुरुङमार्ग अन्तर्गत तीनवटा अन्डरपास, चारवटा बक्स कल्भर्ट, एउटा ओभरपास, तीनवटा पुल र एउटा फ्लाइओभर रहने नागढुंगा–सिस्नेरी सुरुङमार्ग आयोजनाले जनाएको छ ।

४२ महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी जापानी ठेकेदार हाज्मा एन्दो जेभीले वि.सं. २०७६ कात्तिक २६ गतेदेखि निर्माण सुरु गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org