ताजा समाचार

प्रधानमन्त्री कार्यालयमा चार देशका राजदूत, एक घण्टा वार्तालाप

काठमाडाैँ । नेपालस्थित विभिन्न चार देशका राजदूतले मुख्य सचिव बैकुण्ठ अर्यालसँग संयुक्त भेटघाट गरेका छन् ।

आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा उनीहरुले एक घण्टा लामो भेटवार्ता गरेका हुन् । भेटमा नर्वेका राजदूत तोरुन दर्मादल, जर्मनीका डा.थोमस प्रिन्ज, बेलायतका रोब फेन, स्वीजरल्याण्डका डनिएल मेउवली र एसियन विकास बैंकका कन्ट्री डाइरेक्टर अर्नाउद काउचोइस सहभागी थिए ।

मुख्य सचिव भेट्न बिहान साढे ९ बजे प्रधानमन्त्री कार्यालय पुगेका उनीहरु साढे १० बजे बाहिरिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org