दलहरूबीच सहकार्य गरौँ, जनतालाई राम्रो सेवा दिऔँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक दलले सहकार्य गरेर देशको विकास र जनतालाई सेवा प्रदान गर्नुपर्ने बताउनुभएको छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पुगेका अवसरमा नेकपा (एमाले)ले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबै राजनीतिक दल एकताबद्ध भएर संविधानको मर्मअनुसार समाजवादको बाटोमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
‘हामीले जे–जति राजनीतिक उपलब्धि प्राप्त गरेका छौँ, ती सबै राजनीतिक समझदारी एवं एकताबाटै प्राप्त गरेका हौँ । तर हामीबीच समझदारीको स्तर तल झर्दा भने सबै कमजोर भएका छौँ’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘हामीले समझदारी गर्दा ठूलाठूला उपलब्धि हासिल गरेका छौँ, तर जतिबेला हामी विमतितिर तथा एकअर्काप्रति विद्वेषतर्फ गयौैँ, नेपाली जनताले दुःख पाउने स्थिति सिर्जना भयो । त्यसकारण आजको दिन हामी राजनीतिक दलबीच समझदारी र सहमतिको यात्रा तय गर्ने नयाँ दिन बनोस् भनी सबै राजनीतिक दललाई अपिल गर्दछु ।’
विभिन्न कम्युनिष्ट धाराको प्रतिनिधित्व गर्ने कम्युनिष्टहरू, नेपाली कांग्रेस एवं अन्य दलको योगदानबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले दलहरुबीच सहकार्य तथा समझदारीको वातावरण हुँदामात्रै परिवर्तनलाई संस्थागत गर्न सकिने बताउनुभयो । ‘सबै राजनीतिक दलबीचको समझदारीको बलमा नै हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा छौँ’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘समानुपातिक एवं समावेशी मान्यतासहितको सङ्घीय गणतन्त्रलाई प्रहार गर्ने काम भइरहेको छ, त्यसकाविरुद्ध लोकतन्त्रलाई सुदृढ गर्न सबै राजनीतिक दल लाग्नुपर्छ ।’
प्रधानमन्त्री दाहालले लोकतन्त्रलाई सुदृढ गर्नका लागि सबै राजनीतिक दलको सकारात्मक योगदान रहेको उल्लेख गर्दै सामाजिक न्याय र समृद्धि दिने सपना पूरा गर्न पनि सबै राजनीतिक दल मिल्नुपर्नेमा जोड दिनुभयो । सबै राजनीतिक दलले अर्को राजनीतिक दलको योगदानलाई सम्मान गर्नुपर्ने र आफूभित्र रहेका कमीकमजोरी हटाएर देश र जनताका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने उहाँको भनाइ छ । ‘हामीले गरेका राम्रा कामको समीक्षा गरौँ, कमीकमजोरीको पनि समीक्षा गरौँ’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘आगामी दिनमा अझ उन्नत विचारको विकास गरी जनता र राष्ट्रका पक्षमा अझ दृढतापूर्वक उभिने सङ्कल्प गरौँ ।’
Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
जसपाका मधेश प्रदेश सांसद सिंह अनामनगरबाट पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
-
बालेनविरुद्ध अख्तियारमा मुद्धा दर्ता, यस्तो छ आरोप..
काठमाडौं । युवराज पौडेल सफलले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेका छन् ।...
-
किर्तिपुरमा अनेरास्ववियुको मतदान जारी, पौडेल र कडरिया पक्षबीच कडा प्रतिस्पर्धा ?
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को नयाँ नेतृत्वका लागि किर्तिपुरमा...
-
बालेन र सुनिताबिचको संवादहिनता तोडियो, कार्यपालिकाको बैठक राख्ने तयारी !
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ । केही...
-
अनेरास्ववियुको मतदान भोली, कुन प्यानलबाट को–को छन् उम्मेदवार ?
काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयुको २४ औँ महाधिवेशन त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा जारि छ । जसमा नेतृत्व चयनका...
-
‘दिलभूषणविरुद्धको पक्राउ पुर्जी प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य विरोधी कार्य’
काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न जारी गरिएको...
-
माधव नेपाललाई नैतिक संकटः अध्यक्ष र दलको नेतामा कहिलेसम्म रहने ?
काठमाडाैं । मान सम्मानको विषयलाई लिएर अत्यन्तै संवेदनशील बन्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधव नेपाल राजनीतिक जीवनकै...