वीरगञ्ज सुक्खा बन्दरगाहबाट ४० अर्ब ८३ लाख राजस्व सङ्कलन
काठमाडौं । सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जले चालु आर्थिक वर्षको १० महिनामा रु ४० अर्ब तीन करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ । साथै उक्त कार्यालयले आर्थिकमन्दीको कारणले बजार सुस्ताएको समयमा पनि लक्ष्यको ६० दशमलव ७२ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख डा रामप्रसाद मैनालीले चालु आर्थिक वर्षमा समग्र बजार सुस्ताएकाले अपेक्षाकृत रुपमा राजस्व सङ्कलन हुन नसकेको बताउनुभयो । ‘अहिले समग्र मुलुकको बजार सुस्ताएको छ’, उहाँले भन्नुभयो, ‘माग कम भएपछि आयात पनि स्वतः घट्ने भयो ।’ भन्सार विभागले कार्यालयलाई चालु आवको १० महिनाको अवधिमा रु ५४ अर्ब २७ करोड २१ लख ३५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियोभने कार्यालयले १० महिनाको अवधिमा भने रु ४० अर्ब तीन करोड सङ्कलन गरेको छ ।
प्रमुख भन्सार अधिकृत मैनालीका अनुसार सुक्खा बन्दरगाहमा सबै सामान कार्गो रेलबाट ढुवानी हुनेगरेको छ । विगतमा दैनिक तीन वटा कार्गो रेलबाट मालसमान आउने गरेकामा हाल दुई वटाबाट आउने गरेको छ । कार्गो रेलले एक पटकमा ६० वटा कन्टेनर ल्याउने गरेको छ ।
भन्सार विभागले कार्यालयलाई चालु आवमा रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य तोकिदिएको भए तापनि कार्यालयले भने चालु आवमा लक्ष्यको ७० प्रतिशतको हाराहारीमा मात्रै राजस्व सङ्कलन हुने जनाइएको छ । प्रमुख भन्सार अधिकृत मैनालीले चालु आवमा आइरन ब्लेड र मदिराजन्य पदार्थको आयात कम भएकाले पनि राजस्व सङ्कलनमा घटेको बताउनुभयो । ‘यहाँ विशेष गरी औद्योगिक कच्चा पदार्थ आयात हुने गर्छ तर विगतको तुलनमा यो वर्ष औद्योगिक कच्चापदार्थ आयात हुन भएको छैन’, उहाँले भन्नुभयो, ‘गर्मी याम सुरु हुँदा पनि एसी र छाताजस्ता सामानको आयात बढेको छैन, विगतमा यो सिजनमा एसी र छाताको आयात धेरै हुने गथ्र्यो यो वर्ष एसी र छाताको पनि आयात पनि बढ्न सकेको छैन ।’
कार्यालयले चालु आवको साउन महिनामा रु चार अर्ब सात करोड राजस्व सङ्कलन गर्यो । भदौ महिनामा रु चार अर्ब ५७ करोड र असोज महिनामा रु चार अर्ब ४६ करोड राजस्व सङ्कलन गरेको थियो । उक्त कार्यालयले कात्तिक महिनामा रु तीन अर्ब ६३ करोड, मङ्सिर महिनामा रु चार अर्ब २८ करोड, पुस महिनामा रु तीन अर्ब ७५ करोड राजस्व सङ्कलन गर्यो । कार्यालयले माघ महिनामा रु तीन अर्ब ७४ करोड, फागुन महिनामा रु तीन अर्ब ६२ करोड, चैत महिनामा चार अर्ब २८ करोड र वैशाख महिनामा रु तीन अर्ब ५८ करोड राजस्व सङ्कलन गरेको जनाएको छ ।
भन्सार विभागले कार्यालयलाई गत आवमा रु ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो तर उक्त कार्यालयले रु ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र सङ्कलन गरेको थियो ।
Comments
अरु समाचार
-
कोशीको बजेट अधिवेशन आजदेखि सुरु
काठमाडौं । कोशी प्रदेशसभाको बजेट अधिवेशन आज (आइतबार)देखि सुरु हुँदैछ। प्रदेशसभाका कार्यवाहक सचिव गौतमराज अमात्यले सातौं अधिवेशनको पहिलो बैठक प्रदेशसभा...
-
सुनको मूल्य घट्यो
काठमाडौं । आइतबार सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि भाउ प्रतितोला...
-
डिजिटल बोर्ड नहटाउन काठमाडौं महानगरलाई अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले नियमबमोजिम राखिएका डिजिटल बोर्डहरू जबरजस्ती नहटाउन काठमाडौं महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । काठमाडौं महानगर...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । आज शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि...
-
आजबाट माओवादीको ‘मध्यपहाडी राजमार्ग केन्द्रित अभियान’
काठमाडौं । राजमार्ग केन्द्रित अभियान गरिरहेको माओवादी केन्द्रले शुक्रबारबाट पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सुरू गर्दैछ। त्यसका लागि माओवादी केन्द्रका...
-
‘सगरमाथा संवाद’ आजदेखि, १७५ विदेशी पाहुनाको सहभागिता
काठमाडौं । जलवायु परिवर्तन र त्यसले पारेको प्रभावबारे विश्व समुदायलाई जानकारी गराउने तथा समाधानका उपाय खोज्ने उद्देश्यका साथ सरकारले पहिलोपटक...
-
आज घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तीन हजार...
-
सर्वोच्चको आदेशसँगै केबलकार निर्माण गर्ने बाटो खुल्यो
काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा केबलकार निर्माण कार्य रोक्न यसअघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको छ...
-
गिरुबारी खोलाको पुल बर्खाअघि नै मर्मत गरिने
काठमाडौं । सोमबार राति ओभरलोड सवारीको कारण भासिएको गिरुबारी खोलाको पुल बर्खाअगाडि नै मर्मत गरिने भएको छ । पूर्वपश्चिम राजमार्ग...