भारतका प्रधानमन्त्री मोदीले दिए पदबाट राजीनामा
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन्।
लोकसभा निर्वाचनको नयाँ नतिजा आइसकेपछि प्रधानमन्त्री मोदीले राष्ट्रपति द्रोपदी मुर्मुलाई भेटेर राजीनामा दिएका हुन्। मोदीको राजीनामा राष्ट्रपति मुर्मुले स्वीकार गरेकी छन्। यद्यपि नयाँ प्रधानमन्त्री नबनेसम्म मोदी नै काम चलाउ प्रधानमन्त्री रहनेछन्।
प्रधानमन्त्री मोदीले राजीनामा दिएसँगै नयाँ नतिजाअनुसार प्रधानमन्त्रीको बाटो खुलेको छ। नयाँ नतिजाअनुसार २०१४ पछि कुल ५४३ सिटको भारतीय लोकसभामा कुनै पनि पार्टीको बहुमत आएको छैन। लोकसभामा बहुमतका लागि २७२ सिट आवश्यक पर्छ।
मोदीको पार्टी भारतीय जनता पार्टी (भाजपा) ले सबैभन्दा बढी २४० सिट जीत निकालेको छ। भाजपा नेतृत्वको एनडिए गठबन्धनको २९३ सिटसहित बहुमत छ। यद्यपि एनडिए गठबन्धन फुटाएर विपक्षी भारतीय नेशनल कांग्रेस (कांग्रेस आई) नेतृत्वको इन्डिया गठबन्धनले सरकार बनाउने प्रयास गरिरहेको छ।
यद्यपि भारतीय सञ्चारमाध्यमले गठबन्धन दलको सहायतामा अझै प्रधानमन्त्री निरन्तर रहने दाबी गरिरहेका छन्।
Comments
अरु समाचार
-
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित
काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ। स्ववियु निर्वाचन समितिले एक सूचना जारी गर्दै स्ववियु निर्वाचनको...
-
महत्वपूर्ण निष्कर्षहरु निकाल्दै गैरआवासीय नेपाली संघको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन सम्पन्न
नोम पेन्ह । गैरआवासीय नेपाली संघको १० औं एसिया प्रशान्त क्षेत्रीय सम्मेलन विभिन्न निष्कर्षहरु निकाल्दै सम्पन्न भएको छ । यही...
-
युक्रेनी बालबालिकालाई स्वदेश फर्काउने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा अपहरणमा परेका हजारौँ बालबालिकालाई फिर्ता ल्याउन युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।...
-
स्ववियु निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र गर्न निर्देशन दिएको छ । स्ववियु...
-
शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध छः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीवारको प्रतिनिधि सभाको...
-
प्रधानमन्त्रीसँग मल्दोभाका उपप्रधानमन्त्रीको शिष्टाचार भेट
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका मल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री...
-
अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटीको निर्वाचन आज
काठमाडौं । विश्व खेलकुदको शक्तिशाली संस्था मध्येको एक अन्तर्राष्ट्रिय ओलपम्पिक कमिटी आइओसीको नेतृत्वको लागि आज निर्वाचन हुँदैछ । सन् २०१३...
-
कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य
काठमाडौं । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य गरिएको छ । बिहीबार बिहान बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालु हिउँदे...
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीले सांसदहरूका प्रश्नकाे जवाफ दिने
काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...