ताजा समाचार

‘कोपा अमेरिका २०२४’ आजदेखि सुरु

काठमाण्डौ । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता ‘कोपा अमेरिका २०२४’ आजदेखि अमेरिकामा सुरु हुँदैछ । उद्घाटन खेलमा   एटलान्टामा अर्जेन्टिना र क्यानडा खेल्दैछन् ।

आजदेखि शुरु हुने ४८ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगितामा पहिलो पटक १६ वटा देश सहभागी हुँदैछन् जसमा दक्षिण अमेरिकाबाट १० तथा उत्तर र मध्य अमेरिकी क्षेत्रबाट ६ देशले प्रतिस्पर्धा गर्दैछन् । यसअघि यो प्रतियोगितामा १२ वटा देश सहभागी हुँदै आएका थिए ।

प्रतियोगिताभरि १४ वटा रङ्गशालामा खेल खेलाइनेछ । फाइनल खेल मियामीको हार्ड रक स्टेडियममा हुनेछ । प्रतियोगितामा १६ वटा टोलीलाई ४ वटा समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा पूर्वविजेता अर्जेन्टिनासहित पेरु, चिली र क्यानडा रहेका छन् । यस्तै समूह ‘बी’ मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका रहेका छन् । समूह ‘सी’ मा अमेरिका, उरुग्वे, पनामा र बोलिभिया रहेका छन् । यसैगरी समूह ‘डी’ मा ब्राजिल, कोलम्बिया, पराग्वे र कोस्टारिका रहेका छन् ।

अर्जेन्टिना र उरुग्वे कोपा अमेरिकाका सबैभन्दा सफल टिम हुन् । दुवै टिमले समान १५ पटक उपाधि जितेका छन् । यस्तै ब्राजिलले ९ पटक उपाधि जितेको छ ।

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org