ताजा समाचार

भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं । मुगुको छाँयानाथ रारा नगरपालिका-१४ लुम खोलाबाट भरुवा बन्दुक १ थानसहित सोही नगरपालिका-१४ बाम गाउँ बस्ने ५३ वर्षीय धन बहादुर बडूवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै खोटाङको रावाबेशी गाउँपालिका६ राईसिंहे बस्ने ४५ वर्षीय दिल बहादुर राईलाई भरुवा बन्दुक १ थान र सोही बन्दुकमा प्रयोग हुने छर्रासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जाल्पाबाट खटिएको प्रहरीले- उनको गोठ तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org