ताजा समाचार

राजदूत ओलीद्वारा थाइल्याण्डका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेस गर्नु भएको छ । यहाँका राजा वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआ समक्ष ’लेटर अफ क्रेडिट्स’ प्रस्तुत गर्नु भयो । राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित एक विशेष समारोहमा आफ्नो विश्वसनीयताका पत्र प्रस्तुत गर्नु भएको हो ।

परिचयपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले महामहिम राजासँग भेट गरी नेपालका राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट महामहिम राजाको सुस्वास्थ्य, खुसी तथा थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।

राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ र मैत्रीपूर्ण सम्बन्ध रहेको, जुन हाम्रा दुई सरकार र जनताबीच खुशीसाथ कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले बाँधिएको र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा एकअर्काप्रति समर्थन रहेको उल्लेख गर्नुभयो । नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीन कालदेखि नै बौद्ध धर्मको विकास हुँदै गएको छ ।

राजदूत ओलीले भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा राजालाई स्वागत गर्न नेपालका राष्ट्रपतिको इच्छा रहेको अवगत गराउनुभएको थियो ।

थाइल्याण्डका राजाले थाइल्याण्डमा नयाँ कार्यभार सम्हाल्नु भएका राजदूत ओलीलाई स्वागत गर्दै उहाँको कार्यभार सफल होस् भन्ने कामना गर्नुभयो । थाइल्यान्डका राजाले नेपालका राष्ट्रपति पौडेललाई हार्दिक बधाई तथा नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभयो ।

थाइल्यान्डका राजाले नेपालका राष्ट्रपतिको निमन्त्रणालाई सहर्ष स्वीकार गर्नुभयो । थाइल्यान्डकी महारानी सुथिदा बज्रसुधाबिमलाक्षणा प्रमाणपत्र प्रस्तुतिकरण समारोहमा उपस्थित हुनुहुन्थ्यो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org