ताजा समाचार

अभद्र व्यवहार प्रस्तुत गरेकाले महामन्त्री ढकाललाई निलम्बन गरिएको रास्वपाको जिकिर

काठमाडौं । अभद्र व्यवहार गरेकै कारणले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपाले) महामन्त्री डा.मुकुल ढकाललाई कारबाही गरेको जनाएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री ढकाललाई अनुशासनात्मक कारबाही गर्दै सात दिनलाई पदीय जिम्मेवारीबाट समेत निलम्बन गरेको छ ।

ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट ७ दिनका लागि निलम्बन गरिएको सहप्रवक्ता मनिष झाले सार्वजनिक गरेको निर्णयमा उल्लेख छ । साथै पार्टी प्रस्तावमा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र पार्टी सहप्रवक्ता मनिष झालाई प्रवक्ता जिम्मेवारी दिईएको छ ।

ढकाललाई थप कारबाही गर्न प्रतिवेदनसहित केन्द्रीय समितिमा सिफारिस गर्न अनुशासन आयोगलाई निर्देशन दिनेसमेत जनाइएको छ । बैठकको निर्णयमा भनिएको छ, निजले(महामन्त्री ढकाल) गरेका अनुशासनविपरीतका गतिविधिका सम्बन्धमा प्रतिवेदनसहित यथोचित कारबाहीको सिफारिस केन्द्रीय समितिमा पेस गर्ने निर्देशन केन्द्रीय अनुशासन आयोगलाई दिनेसमेत निर्णय गरियो । केन्द्रीय समितिको बैठकमा पार्टी महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अभद्र, अमर्यादित व्यहार प्रदर्शन गरेको र पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेको आरोप केन्द्रीय समितिले लगाएको छ ।

निलम्बन पत्र

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org