नेपालको संसद्मा बंगलादेशका हिन्दूमाथि आक्रमणको विरोध
काठमाडौं । बङ्गलादेशमा पछिल्लो समय अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विषय संसदमा उठेको छ । नेपाली कांग्रेसका सांसद अर्जुनरसिंह केसीले मंगलबार संसदमा अल्पसंख्यक हिन्दू र बौद्ध धर्मावलम्बीहरुमाथि भएको आक्रमणको विषय उठाएका हुन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘अल्पसंख्यक हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुमाथि भएको क्रुर र पाशविक आक्रमणको निन्दा गर्दै सरकार यसमा मौन रहेकोमा दुःख व्यक्त गर्छु ।’ केसीले बङ्लादेशमा भएको ‘कू’ को मुल कारण व्यापक भ्रष्टाचार शासकको निरंकुशता अहंकार दम्भ र प्रतिशोध भएको पनि दाबी गरे । ‘बङ्गलादेशमा भएको पछिल्लो घटनाको मुल कारण व्यापक भ्रष्टाचार शासकको निरंकुशता अहंकार दम्भ र प्रतिशोध नै हो,’ उनले भने ।
सांसद केसीले भ्रष्टाचार सीमित समुदायमा स्रोत र साधनमाथिको एकाधीपत्य अन्यायपूर्ण वितरण प्रणालीले देशमा कसरी अनिश्चितता निम्त्याउँछ भन्ने बंगलादेशको घटनाले शिक्षा दिएको पनि बताए । बंगलादेशमा हिन्दूहरूमाथि भएको हिंसाको मुद्दा नेकपा एमाले सांसद किरणकुमार साहले पनि उठाएका छन् । उनले छिमेकी बंगलादेशमा हिन्दूहरूमाथि अतिवादीहरूबाट भइरहेको आक्रमण असह्य हुने बताउँदै यसबारे सरकारले बोल्नुपर्नेमा जोड दिए ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
संविधान दिवस २०८१ आज हर्षोल्लासका साथ मनाइँदै
काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ आज स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ मनाइँदैछ । नेपाल...
-
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अदालतले दियो अनुमति
काठमाडौं । बी एन्ड सी मेडिकल कलेज झापाका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बुधबार काठमाडौं जिल्ला...
-
वनमन्त्री शाहीसँग कतारका राजदूतको शिष्टाचार भेट
काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि कतारका राजदूत मिशाल मोहमद अल अन्सारीले शिष्टाचार भेट भएको...
-
एसइई नतिजामा उल्लेख्य सुधार ल्याउन नीतिगत पहल सुरु भइसकेको छ: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजालाई लगभग ७० प्रतिशतसम्म पुर्याउन नीतिगत पहल...
-
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । विश्वासको मत प्रयोजनका लागि दिउँसो...
-
उपसभामुख राना रूसी महासङ्घ प्रस्थान
काठमाडौं । उपसभामुख इन्दिरा राना यही असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने...
-
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय परिषदको राष्ट्रिय भेला आजबाट सुरु भएको छ। दुई दिनसम्म काठमाडौंको प्रज्ञा भवन कमलादीमा चल्ने...
-
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्त्वपूर्ण...