रविको कुकर्मको पर्दाफास गर्नु पार्टी विरुद्ध लाग्नु होइन : मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको कुकर्मको पर्दाफास गर्नु पार्टीविरुद्ध लाग्नु नभएको बताएका छन्। पार्टीले भदौ ५ गते सोधेको स्पष्टीकरणको जवाफ फर्काउँदै उनले सामाजिक सञ्जालमा यस्तो आक्रोश पोखेका हुन्।
उनले रास्वपालाई ठग, भ्रष्ट र राहदानी दुरुपयोग गर्ने अपराधीको कब्जाबाट मुक्त गर्ने बताएका छन्। ढकालले आफूलाई गलत सावित गर्नसमेत सभापति लामिछानेलाई चेतावनी दिएका छन्। राष्ट्रिय ठगको चर्चा राष्ट्रिय स्तरमा हुने उनको भनाइ छ।
उनले फेसबुकमा पार्टीले सोधेको स्पष्टीकरणको जवाफ सार्वजनिक गर्दै लेखेका छन्, ‘श्री रवि लामिछाने, तपाईं ठग, भ्रष्ट्राचारी र राहदानी दुरूपयोग गर्ने अपराधी हो भनेर प्रमाणित गर्न सक्छु। कारबाहीको दुस्साहस गर्दै हुनुहुन्छ, सक्नुहुन्छ भने मलाई गलत सावित गर्नुहोस्। तपाईंको कुकर्मको पर्दाफास गर्नु पार्टी विरूद्ध लाग्नु होइन, यो पार्टी हितमा हो। राष्ट्रिय ठगको चर्चा राष्ट्रियस्तरमा हुन्छ, पार्टीभित्र मात्र सिमित हुँदैन। तपाईं जस्तो ठग, भ्रष्ट र अपराधीको कब्जाबाट पार्टीलाई मुक्त गराएरै छाड्छु।’
Comments
अरु समाचार
-
सोमबार बस्ने संवैधानिक परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्छ : उपसभामुख राना
काठमाडौं । आगामी सोमबार बस्ने संवैधानिक परिषद्को बैठकले घनिभूत छलफल गरेर प्रधानन्यायाधीश पदको सिफारिस गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी...
-
नेकपा एमाले सचिवालयको बैठक बस्दै
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा...
-
संवैधानिक परिषद्को बैठक बेलुका ५ बजे बस्दै
काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बालुवाटारमा बेलुका ५ बजे उक्त बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको...
-
किन पक्राउ परे पूर्वसांसद ढाका श्रेष्ठ ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार पोखराबाट उनलाई पक्राउ गरिएको हो ।...
-
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास,...
-
बालुवाटारमा शीर्ष नेताहरुबीच भेटवार्ता
काठमाडौं । बालुवाटारमा तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग कांग्रेस...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज सङ्घीय संसदअन्तर्गत चारवटा समितिहरूको बैठक बस्न लागेको छ । जसअनुसार बिहान ११ बजे राज्य व्यवस्था तथा सुशासन...
-
प्रधानन्यायाधीश श्रेष्ठ आइतबार संखुवासभा जाँदै
संखुवासभा। जिल्ला अदालत संखुवासभाको नवनिर्मित भवनको प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले यही भदौ ३० गते आइतबार उद्घाटन गर्ने भएका छन् । वि.सं....
-
सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने प्रधानमन्त्री ओलीको घोषणा
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण...