ताजा समाचार

उपसभामुखलाई पदबाट राजीनामा दिन एमाले सांसद आग्रह

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)का सांसद एवं पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानालाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।

आफूमाथि पदीय आचरणको प्रश्न उठेपछि त्यसलाई गलत प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्न उपयुक्त हुने सुझाव दिँदै सांसद वास्कोटाले पदबाट राजिनामा दिन आग्रह गरेका थियो।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद बास्कोटाले आफूले पनि सञ्चारमन्त्री हुँदा ७० करोड भिडियो प्रकरणबारे प्रश्न उठेपछि पदबाट राजीनामा दिएर लोकतन्त्रलाई सुदृढ बनाउन योगदान दिएको उल्लेख गर्दै उपसभामुख रानाले पनि सोही अनुसार अघि बढ्दा हुने बताए।

उनले पदीय आचरणमाथि प्रश्न संसदमा पटक पटक उठेपछि त्यसलाई स्पष्ट पार्न पनि उपसभामुख रानाले पदीय दायित्व छोडेर छानबिनका लागि सहयोग गर्नु उचित हुने बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org