हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु
काठमाडौं । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ। उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताए ।
उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिए। विसं २०३३ मा हेटौंडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो। तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो।
हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन्। उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ।
Comments
अरु समाचार
-
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर...
-
आज सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज तोलामा १ हजार ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी...
-
भवितव्य नआए गुणाकर गभर्नर बन्ने पक्का
काठमाडाैं । राष्ट्र बैकमा रिक्त गभर्नरमा भवितव्य सिर्जना नभए अब गुणाकर भट्ट नियुक्त हुने भएका हुन् । प्रधानमन्त्रीको सरकारी निवास...
-
सुनको मूल्यमा सामान्य वृद्धि
काठमाडौं । आज( आइतवार) साताको कारोबारको पहिलो दिन सुनको मूल्य सामान्य बढेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य...
-
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
-
‘ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानुनी व्यवस्था गर्नुपर्छ’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था...
-
विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने विश्वास
विराटनगर । कोशी प्रदेशको विराटनगरमा यही वैशाख १८ र १९ गते दुई दिन प्रदेशस्तरीय लगानी सम्मेलनले अर्थतन्त्र चलायमान हुने विश्वास...
-
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । आज(शुक्रबार) नेपाली बजारमा सुन चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य...
-
सेयर बजारमा सामान्य सुधार
काठमाडौं । लगातार ओरालो लागिरहेको सेयर कारोबार मापक नेप्से परिसूचक आज कारोबारको अन्तीम दिन २.०८ अंकले बढेको छ । शून्य...