ताजा समाचार

काठमाडौं महानगरका कर्मचारीले पाए तिन महिनादेखी रोकिएको तलब

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले तीन महिनादेखि रोकिएको तलब बुझेका छन् ।

महानगरका कर्मचारीले आज तलब पाएका हुन् । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता ध्रुवकुमार काफ्ले सोमबार एक बजे तलबको म्यासेज आएको बताए । ‘महानगरबाट पाउनुपर्ने सबैले तलब पाएका हुन् उनले भने ।

चैत १५ गते महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं हाजिर भएसँगै तीन महिनादेखि रोकिएको कर्मचारीको तलब दिने निर्णय गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org