ताजा समाचार

जीबी राई अध्यक्ष रहेको सहकारीको ठगी प्रकरणमा कांग्रेसकी सांसद पक्राउ

काठमाडौं । स्वर्णलक्ष्मी बहुउदेश्यी सहकारी ठगी प्रकरणको छानबिन गर्न प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राईलाई पक्राउ गरेको छ । साथै, प्रहरीले राईलाई पक्राउ गरेको सभामुख देवराज घिमिरेलाई जानकारी गराएको छ ।

जिल्ला प्रहरी परिसरको अपराध अनुसन्धान तथा कारबाही शाखाले संघीय संसद् सचिवालयलाई पत्र लेख्दै पक्राउबारे जानकारी दिएको हो ।

राईलाई शनिबार काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–१० कपनबाट पक्राउ गरिएको थियो । उनी जीबी राई अध्यक्ष रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा फरार रहेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org