‘भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अमेरिकाको अपिल’
काठमाडौं । भारत र पाकिस्तानबीच जारी तनावबारे अमेरिकाले दुवै देशले एकअर्कामाथि आक्रमण गर्न बन्द गर्नुपर्ने बताएको छ । आक्रमणले कुनै समाधान नदिने अमेरिकाको भनाइ छ ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले पत्रकार सम्मेलनमा आक्रमण बन्द गर्न आग्रह गरिन् ।
पत्रकारको प्रश्नको जवाफमा ब्रुसले भने, “अमेरिकाको सन्देश हिंसा, सैन्य कारबाही र युद्ध बन्द हुनुपर्छ भन्ने हो । मध्यपूर्वमा युद्धबाट कुनै पनि समाधान निस्कँदैन भन्ने प्रमाणित भइसकेको छ ।”
उनले युद्ध, सेना र हिंसा समाधान नभएको प्रष्ट पारेका छन् । हिंसा र समस्याहरूलाई रोक्ने एक मात्र समाधान नयाँ विचार र कूटनीति भएको उनको भनाइ छ ।
अमेरिकी हस्तक्षेपबारे उनले के भने ?
भारत र पाकिस्तानबीच मध्यस्थताको प्रश्नमा ट्यामी ब्रुसले भने, “जब सम्बन्धित देशका नेताहरू कूटनीतिक वा कुनै पनि स्तरमा कुरा गरिरहेका हुन्छन्, हामी यसको जानकारी साझा गर्दैनौँ । यो हाम्रो नीति हो ।”
नेताहरूले व्यक्तिगतस्तरमा छलफल गरिरहेका बेला सञ्चारमाध्यमहरूलाई जानकारी दिन नहुने उनले प्रष्ट पारेका छन् ।
ब्रुसले भारत र पाकिस्तानबीच कुनै पनि प्रकारको मध्यस्थताको संकेत गरेनन् । तर, यो सम्भावनाको अस्वीकार पनि गरेनन् ।
अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरिफसँग फोनमा कुराकानी गरेको पनि बताए ।
रुबियोले दुवै देशका नेताहरूलाई तनाव कम गर्न र हिंसा रोक्न आग्रह गरे । उनले प्रत्यक्ष वार्तामा पनि जोड दिएका छन् । बीबीसी
पाकिस्तानद्वारा भारतमा ३ राज्यका ११ सहर लक्षित गरी ड्रोन आक्रमण
Comments
अरु समाचार
-
काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेलाई प्रशासकीय अधिकृत गुरगाँईले सोधे स्पष्टीकरण !
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् । पाण्डेलाई ७...
-
कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष पक्राउ !
काठमाडौं । विद्युतीय अपराध सम्बन्धी कसुरमा कपिलवस्तुको शुद्धोदन गाउँपालिका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् । पक्राउ पूर्जी जारी भएपछि...
-
ओली र देउवाको वार्ता लगत्तै गर्भनर सिफारिस समितिको बैठक आह्वान !
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले गभर्नर सिफारिस समितिको बैठक बोलाएका छन्। मंगलबार दिउँसो ४ बजे बस्ने गरी पौडेलले बैठक बोलाइएका...
-
मन्त्रिपरिषद बैठक बस्दै !
काठमाडौं । बालुवाटारमा मंगलबार आज साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिगषद् बैठक बोलाइएको छ । आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री...
-
ओली र देउवाबीच बालुवाटारमा भेटवार्ता !
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। अहिले...
-
जेठ १५ पछि निर्णयक आन्दोलन गर्ने लिङ्देनको उद्घोष, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर सुविधा !
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि गणतन्त्र दिवसको दिनदेखि सुरु गर्ने आन्दोलन निर्णायक हुने...
-
प्रधानमन्त्री अस्वस्थ हुँदा सांसदसँगको प्रश्नोत्तर कार्यक्रम स्थगित !
काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री उपस्थित नहुने भएका छन् । प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि सांसदसँगको प्रश्नोत्तर...
-
संवैधानिक इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापाकै व्यक्ति केन्द्रित बहस, महान्यायाधिवक्ताको तर्क बलियो बन्दा जवाफमा लाञ्छना !
काठमाडाैं । जब मानिसमा तर्कमा बल पुग्दैन, तत्पश्चात् उसले कुतर्क गर्दछ, कतिपय अवस्थामा त मुढे बल प्रयोग गर्दछ । यदाकदा...
-
के ओली देउवाबीच सम्बन्ध चिसिएकै हो ?
काठमाडाैं । प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच अन्तिममा आएर भेटवार्ता रोकिएपछि यसबारे अनेक अड्कलबाजी हुन थालेका छन्...