ताजा समाचार

बैशाख २८ गते सबै सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन एमालेको ह्विप !

काठमाडौं । सरकारले आगामी बैशाख २८ गते संसदमा नीति तथा कार्यक्रम निर्णयार्थ पेश गर्ने कार्यसुचि तय गरेसँगै नेकपा एमालेले आफ्ना सबै सांसदहरुलाई सो दिन संसदमा उपस्थित हुन र नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ ।

आज शुक्रबार नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलले दलका सांसदहरुका नाममा ह्वीप जारि गरेका हुन् । सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा निर्णयार्थ पेश गर्ने कार्यसूची रहेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि तय गरेको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org