ताजा समाचार

भृकुटीमण्डपमा एमाले महाधिवेशको बन्दसत्र शुरु हुँदै

काठमाडौं। नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आइतबार काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र शुरु हुँदैछ । नयाँ नेतृत्व चयनका लागि बिहान साढे ७ बजेदेखि बन्दसत्र सञ्चालन हुने भनिए पनि विधान संसाेधनका विषयमा छलफल गर्न बिहान ९ बजे केन्द्रिय कमिटिकाे बैठक अाह्वान गरिएकाे छ भने १२ बजेदेखि महाधिवेशनकाे बन्द सत्र सुरू हुने बताइएकाे छ ।

महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन् । महाधिवेशनले अध्यक्ष, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तालिका छ ।

महाधिवेशनमा सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठनसँगै महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।

महाधिवेशनमा सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org