ताजा समाचार

गोरखा नगरपालिकाको आय वृद्धि

गोरखा, २६ भदौ । गोरखा नगरपालिकाले गत आव ७१/७२ को तुलनामा आव ७२÷७३मा १६ लाख ५२ हजार रु १८३ आय वृद्धि गरेको छ । ।
आब २०७१÷७२ मा रु एक करोड ५३ लाख ३५ हजार १४ आय सङ्कलन गरेको उक्त नगरपालिकाले आव ७२÷७३मा रु एक करोड ६९ लाख ८७ हजार २०१ पु¥याएको कार्यकारी अधिकृत किरण कोइरालाले बताउनुभयो ।
आय वृद्धिका लागि घरबाहल कर सङ्कलनमा कडाइ गरिएको छ भन्दै उहाँले आगामी आवमा आन्तरिक आय झन् वृद्धि गर्न कृषिमा व्यवसायीकरण, पर्यटन र घरेलु उद्योगको विकासमा जोड दिइएको जानकारी दिनुभयो ।
यस आवमा नगरपालिका भित्रका ज्येष्ठ नागरिक, विधुवा, एकल, लोपोन्मुख, पूर्ण अपाङ्लगायतलाई गरी कूल रु एक करोड ६५ लाख ८८ हजार ६०० सामाजिक सुरक्षा भत्ता वितरण गरिएको अधिकृत कोइरालाले उल्लेख गर्नुभयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org