ताजा समाचार

अन्तिम मिनेटमा गोल गरेर मेस्सीले बार्सिलोनालाई हारबाट जोगाए

काठमाडौं २५ पुस । लिओनल मेस्सीले अन्तिम मिनेटमा गरेको गोलसँगै बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा भिल्लारियलसँग हारबाट जोगिएको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले भिल्लारियलसँग १-१ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा भएको खेलमा भिल्लारियलले ४९ औं मिनेटमा सानसोनेको गोलबाट अग्रता लिएको थियो । ९० औं मिनेटमा मेस्सीले बराबरी गोल फर्काए ।खेलमा मेस्सीको एक प्रहार बारमा लागेको थियो भने भिल्लारियलका खेलाडी ब्रुनोको हृयाण्डमा बार्सिलोनाले गरेको अपिल रेफ्रीले अस्वीकार गरेका थिए । बराबरीपछि बार्सिलोला १७ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा छ र लिग लिडर रियल मडि्रडभन्दा ५ अंकले पछाडि परेको छ । साथै रियलले एक खेल कम खेलेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org