ताजा समाचार

जनसरोकारका मुद्दामा उदासिन देखिएको भन्दै नयाँ शक्तिद्वारा सरकारलाइ ज्ञापनपत्र

काठमाडौं २९ पुस । जनसरोकारका मुद्दामा उदासिन देखिएको भन्दै नयाँ शक्ति पार्टीले विभिन्न मागसहित सरकारलाइ ज्ञापनपत्र बुझाएको छ । पार्टीले ७५ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र दिंदै जनसरोकारका मुद्दामा ध्यानाकर्षण गराएको हो ।

दलीय अन्तरविरोधले संविधान कार्यान्वयन, भुकम्पपछिको पुर्ननिर्माण, राष्ट्रिय स्वाधिनता र जनजिविकाका बिषय ओझेलमा परेको भन्दै नयाँ शक्तिले जनसरोकारका मुद्धामा ध्यान दिन माग गरेको छ ।

ज्ञापनपत्रमा राजनीतिक स्थायित्वका लागि नेपालको शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्ने, भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता अपनाउदै पारदर्शी र सुशासनका लागि शक्तिशाली स्वायत्त संवैधानिक लोकपाल गठन गर्नुपर्ने, भुकम्पपछिको पुनस्निर्माणको काम तत्काल तीव्र रुपमा अघि बढाउनुपर्ने र महंगी कालोबजारीको अन्त्य गर्नुपर्ने लगायतका माग गरिएको छ ।
तस्बिर बन्दना सुवेदीको फेसबुक एकाउन्टबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org