ताजा समाचार

सार्क कार्यक्रम समिति बैठक बुधबार

काठमाडौं १८ माघ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ‘सार्क’ कार्यक्रम समितिको ५३औँ बैठक बुधबार सुरू हुँदैछ ।
सार्क अध्यक्षका नाताले नेपालले कार्यक्रम समितिको बैठक आयोजना गर्न लागेको हो । सार्क सचिवालयको सक्रियतामा हुन लागेको उक्त बैठकमा आठ वटै सदस्य मुलुकका परराष्ट्र, विदेश(बाह्य मामिला मन्त्रालयमा क्षेत्रीय सङ्गठनको जिम्मेवारी पाएका सहसचिवले भाग लिनेछन् ।

गत चैतदेखि हालसम्म भएका सार्कका गतिविधि, सार्क सचिवालय सञ्चालनका साथै आगामी वर्षको बजेटलगायत विषयमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालय, क्षेत्रीय सङ्गठन महाशाखा प्रमुख मणिप्रसाद भट्टराईले बताए ।

पाकिस्तानमा आयोजना हुने सार्क शिखर सम्मेलन स्थगन भएकाले अध्यक्षता हस्तान्तरण नभएको नेपालले उक्त बैठक आयोजना गर्नुपरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org