अझै पनि दुई घन्टा पैदल हिँडेर विद्यालय
![](http://news-nepal.com/wp-content/uploads/2017/01/pidal.jpg)
काभ्रे, १८ माघ । बालुवापाटी गाविस–९ की १४ वर्षीया सिर्जना ढकाल दिनहुँ दुई घन्टा पैदल हिँडेर नगरकोटमा रहेको महाकाली माविमा पढ्न जान्छिन् । दिनहुँ दुई घन्टा हिँडेर विद्यालय जान निकै कठिन भएको उनले बताइन् ।
“विद्यालय हिँडेर जाँदा कहिलेकाहीँ ढिलो पुगिन्छ अनि पढाइ छुट्छ” – उनले भनिन् , “बिरामी परेको बेलामा कहिलेकाहीँ परीक्षासमेत छुटेको छ, पढाइमा निकै लगाव भएकाले जस्तोसुकै चुनौतिको सामना गरेरपनि त्यहाँसम्म जानुपर्ने बाध्यता छ ।”
बालुवापाटी गाविसका २, ७, ९ वडाका विद्यार्थी आर्थिक अबस्थाका कारण सहरसम्म गएर पढ्ने अवस्था नभएकाले टाढा भएपनि नगरकोटसम्म गएर पढ्न बाध्य भएका हुन् ।
बालुवापाटी–२ स्थित श्री सेतीदेवी प्रावि करिब आठ वर्षदेखि बन्द भएकाले त्यहाँका साना बालबालिकासमेत नगरकोटसम्म पढ्न जान बाध्य भएका हुन् ।
गाउँमा विद्यालय नहुँदा आठ वर्षीय बालुवापाटी–९ की आयुशा ढकाल नगरकोटमा रहेको सनराइज बोर्डिङ स्कुलमा पढ्न जान्छिन् । कक्षा ३ मा अध्ययनरत उनले स्कुलमा पुग्न ढिला भए स्कुलको ढोका नै बन्द हुने भएकाले घर फर्कनुपर्दा समय त्यसै खेर जाने बताइन् ।
हाल सो क्षेत्रमा विदेशीको सहयोगमा सञ्चालित सामुदायिक शिक्षा नामक विद्यालयमा एलकेजीसम्म पढाइ हुँदै आएको र अर्काे वर्षदेखि कक्षा एकसम्म पढाइ हुने भएको छ । सो विद्यालयलाई सरकारी विद्यालयको रुपमा परिणत गर्ने पहल भइरहेको नगरहोम नेपाल नामक संस्थाका सदस्य उद्धव ढकाल बताउनुहुन्छ ।
गाउँमा विद्यालय नहुँदा अभिभावकसमेत चिन्तित छन् । हुनेखाने परिवारले छोराछोरीलाई सहरमा पढ्न पठाउने गर्छन् भने नहुनेले टाढाभएपनि पढ्न पठाउन बाध्य छन् । आफ्नो आर्थिक अवस्था निकै कमजोर भएकाले छोराछोरीलाई गाउँकै विद्यालयमा पढाउन बाध्य भएको बालुवापाटी–२ की भागिरथी घोरसाइनको भनाई छ ।
गाविसको तथ्याङ्कअनुसार उक्त गाविसमा जम्मा ८७ प्रतिशत जनजातिको बसोबास छ भने अन्य ब्राह्मण क्षेत्री १३ प्रतिशतमात्र छन् ।
त्यस्तै उक्त जातिहरुको शिक्षामा पहुँच जनजातिको जम्मा प्रतिशतमध्ये १३ प्रतिशत मात्र छ भने ब्राह्मण क्षेत्रीको जम्मा प्रतिशतमध्ये सात प्रतिशतको मात्र शिक्षामा पहुँच रहेको छ । गाउँमै विद्यालयको अभावका कारण त्यस्तो अवस्था भएको गाविसका गाविस सचिव मकुन्द गजुरेल बताउनुहुन्छ । साथै गाउँमै भएको सेतीदेवी प्रावि विगत लामो समयदेखि बन्द रहेको र उक्त विद्यालयमा कार्यरत दुई शिक्षकको दरबन्दी अझै खारेज भइनसकेकाले उक्त विद्यालयलाई पुनःसञ्चालन गरेर शिक्षकलाई त्यही काम गराउने वातावरण तयार गर्न पहल भइरहेको उहाँ बताउनुहुन्छ । रासस
Comments
अरु समाचार
-
आजको राशिफलः २०८१ असार १४ गते शुक्रवार
मेषः खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। पाउमा चोटपटकको योग देखिएकाले सजग रहनुहोला। नाम र दामका...
-
डेंगु फैलन नदिन लार्भा नष्ट गर्ने अभियानमा काठमाडौं महानगर
काठमाडौं । काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले डेंगु रोग फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट गर्ने तथा रोगबाट बच्न सामुदायको सचेतना...
-
पथलैया–हटौँडा सडक एक साताभित्र तयार हुने
काठमाडौं । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक...
-
सबैभन्दा बढी विद्यार्थीले ल्याए २.८० देखि ३.२० जीपीए
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले आज पत्रकार सम्मेलनमार्फत नतिजा...
-
झापामा हात्ती मृत फेला
काठमाडौं । झापाको मेचीनगर नगरपालिका–३ मा एउटा हात्ती मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी स्थानीयवासीले खोलामा मरेको हात्ती...
-
एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी...
-
वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा, विमानस्थल पनि बन्द
काठमाडौं । अविरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा परेका छन्। विराटनगर महानगरपालिका वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका...
-
एसइईको नतिजा भोलि बिहीबार प्रकाशन गरिने
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा भोलि बिहीबार बिहान प्रकाशन गरिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका...
-
पहिरोमा परी लमजुङमा चारजनाको मृत्यु
काठमाडौं । जिल्लाको क्व्होलासोथार गाउँपालिका–३ बगुमस्थित गएराति पहिरो खस्दा चारजनाको मृत्यु भएको छ । पहिराले तीनवटा घर पुरिँदा उनीहरू बेपत्ता...