ताजा समाचार

‘प्राकृतिक सङ्कट व्यवस्थापनमा सरकारले ध्यान दिएको छ’

काठमाडौँ, १९ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले भौगोलिक बनावटका दृष्टिकोणले नेपाल सङ्कटभित्र पर्ने मुलुक भएको र सङ्कट व्यवस्थापनमा सरकारले विशेष ध्यान दिइरहेको बताउनुभएको छ ।

इन्टिच्युट अफ क्राइसीस म्यानेजम्यान्ट इटडिज कलेजमा आजदेखि सुरु भएको ‘सङ्कटमा विज्ञान र प्रविधिको भूमिका’ विषयक दुई दिने अन्तर्राष्ट्रिय गोष्ठीको आज उद्घाटन गदै उहाँले भन्नुभयो – “मुलुकमा आइपर्ने सङ्कट व्यवस्थापनका लागि सरकारले विशेष ध्यान दिइरहेको छ । ”

प्रधानमन्त्री दाहालले नेपालमा भूकम्प, बाढीपहिरो, आगलागी, जलवायु परिर्वतनआदि जस्ता सङ्कटले गर्दा मानिसलाई बाँच्न र जीवनयापन गर्न कष्टपूर्ण हुने गरेको बताउँदै सङ्कटपछिको तयारीमा सरकारले ध्यान दिएको विचार व्यक्त गर्नुभयो ।

नेपालमा २०७२ सालमा गएको भूकम्पले ठूलो क्षति पु¥याएको र सो सङ्कटमा अन्तर्राष्ट्रिय समुदाय, सरकारी तथा गैरसरकारीको सहयोग निकै उल्लेखनीय रहेको चर्चा गर्दै उहाँले भूकम्पपछिको पुनःनिर्माणमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा सङ्कटको प्रभावकारी व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको छ भन्नुभयो ।

प्राकृतिक सङ्कटसम्बन्धी विषयमा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्नु महत्वपूर्णकार्य भएको उल्लेख गर्दै उहाँले गोष्ठीबाट आएका सुझावलाई सरकारले ग्रहण गर्ने बताउनुभयो ।

पूर्व शिक्षामन्त्री गङ्गालाल तुलाधरले नेपाल प्राकृतिक विपद् आइपर्नेमूलुक भएको हुँदा सङ्कट व्यवस्थापन गर्ने खालको गोष्ठी आवश्यक रहेको उल्लेख गर्नुभयो ।

सो कलेजका अध्यक्ष राम थपलियाले नेपालजस्तो विकासन्मुख देशमा प्राकृतिक सङ्कट समाधान गर्न र आगामी दिनमा आइपर्ने समस्याको पहिचन गर्नका लागि अन्तर्राष्ट्रियस्तरको गोष्ठीको आयोजना गरेको जानकारी दिनुभयो ।

गोष्ठीले नेपालको सङ्कट व्यवस्थापनमा राष्ट्रियस्तरमा नीति निर्माण गर्न सरकारलाई सुझाव दिने तयारी रहको उल्लेख गर्दै नेपाल जोमिखपूर्ण देश भए पनि सो विषय ओझेलमापर्ने गरेको हुँदा वृहत छलफल जरुरी भएको उहाँको भनाइ थियो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org